काठमाडौं। उद्यमी सुहृद घिमिरेले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटेका स्वास्थ्यकर्मीको सम्मानका लागि एक करोड एक रुपैयाँ राशिको पुरस्कार घोषणा गरेका छन्। उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी पुरस्कार राशि घोषणा गरेको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले जानकारी दिएका छन्। नेपालका लागि किया गाडीको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष घिमिरे बारबरा फाउन्डेसनका कार्यकारिणी सदस्य हुन्। घिमिरे र उनकी सुपुत्री अदितीले व्यक्तिगत तथा पारिवारिक जीवन त्यागेर अहोरात्र मानवीय सेवामा खट्ने स्वास्थ्यकर्मीको मानवताप्रतिको समर्पण भावको सम्मानका लागि पुरस्कार राशि प्रदान गर्न लागेको डा. रुइतले जनाएका छन्।
Read moreNews

काठमाडौं – आईपे रेमिटको बम्पर पुरस्कार विजेतालाइ बाइकको चाबी हस्तान्तरण गरेकाे छ । आईपे रेमिटले नेपालीहरुको महान चाड बडादशैँ, तिहार र छठलाई लक्षित गरी आईपे रेमिटले “आईपेबाट पैसा आयो, उपहारमा बाईक पायो” योजना ल्याएको थियो । मलेसिया लगायत विश्वका अन्य विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत पठाएको पैसा प्राप्त गर्दा दैनिक र साप्ताहिक पुरस्कार स्वरुप क्रमशः ७ जनालाई प्रेसर कुकर र १ जनालाई टिभीका साथै १ जना भाग्यशाली विजेतालाई बम्पर पुरस्कारमा बाईक पनि प्रदान गरिने योजना रहेको थियो ।
Read more
Date: Jun 5, 2020